सोमबार, १५ डिसेम्बर २०२५

बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरिमा, आजै पोखरा जाने

News Image
• • •

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार चन्द्रागिरि पुगेका छन्।

परिवारसहित चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका छन् । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएका उनी काठमाडौं फर्किएका छन्।

उनी यहाँबाट आजै पोखरा भ्रमणमा जानेछन् । बुधबार नेपाल आएका उनले पशुपतिनाथमा दर्शनसमेत गरिसकेका छन्। उनी भ्रमणका क्रममा म्याग्दीसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!