मोरोक्कोको चुनौती पन्छाउँदै फ्रान्स फाइनलमा

साविक बिजेता फ्रान्स मोरोक्कोको चुनौति २-० ले पन्छाउदै कतार विश्वकपको फाइनलमा प्रवेश गरेको छ।  

फ्रान्सका लागि हर्नाण्डेजले ५औं मिनेटमै गोल गरेर खेलमा अग्रता लिए। मध्यान्तरअघि दुबै टीमबाट अनेकौै गोल गर्ने प्रयास भए पनि सफलता हात लागेन।

यसरी १-०को स्थितिमा मध्यान्तरपछिको खेल अगाडि बढिरहेकै बेला ७९औं मिनेटमा मुनीले गोल गरेर फ्रान्सको अग्रता दोब्बर बनाए। 

यसरी विश्वकपको सेमिफाइनलमा पहिलोपटक प्रवेश गरेर अफ्रिकी महादेशकै लागि इतिहास बनाएको मोरोक्कोको फाइनल सपना अधुरै रह्यो।

मोरोक्ककोले प्रतिस्पर्धात्मक खेल खेले पनि यसअघिको जस्तो चमत्कार गर्न सकेन। उसले एम्बाँपेलाई त रोक्न सक्यो तर अरू खासै नाम नसुनिएका खेलाडीतिर ध्यान पुर्याउन नसक्दा फाइनल सपनाबाट चुक्यो

यो जीतसँगै फ्रान्स आइतबार हुने फाइनलमा प्रवेश गरेको छ। उसको फाइनल जम्काभेट अर्जेन्टिनासँग हुने छ। अर्जेन्टिना क्रोएसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। 

अब हेर्नुछ, आइतबार मेस्सीको सपना पूरा हुन्छ वा एम्बाम्पेको जादू चल्छ ? त्यसको लागि आइतबार पर्खनैपर्ने हुनछ। 

प्रकाशित मिति: : 2022-12-15 02:27:00

प्रतिकृया दिनुहोस्