रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएका दुई छुट्टाछुट्टै रिटको पुस ६ गते पेशी तोकिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताएअनुसार पेशी संवैधानिक इजलाशमा तोकिएको हो ।
सिन्धुलीका युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक क्रियाकलापमा संलग्न रहेकाले कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका थिए ।
यसैगरी बुधबार नै अधिवक्ता रविराज बसौला र नानीबाबु खत्रीले पनि अर्को एक रिट दर्ता गराएका थिए ।
यो पनि पढ्नुहोस्
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो ।
उनले नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता र पासपोर्ट लिएकै समयमा नेपाली पासपोर्टसमेत लिएको भन्दै उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजुरी परेको थियो ।