अर्जेन्टिना फाइनलमा: मेस्सीले मन पनि जिते, खेल पनि जिताए!

क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनलमा प्रवेश गरेको छ। 

अर्जेन्टिनाका लागि गोलको खाता मेस्सीले खोले। ३४औं मिनेटमा पाएको पेनाल्टीलाई उनले खेर फालेनन् , गोलमा परिणत गरे। 

त्यसको पाँच मिनेटमै अल्भारिजले गोल गर्दै अर्जेन्टिनाको अगेरता दोब्बर बनाए। 

यसरी २-० को अग्रता दिएर अर्जेन्टिना  मध्यान्तरपछि मैदानमा प्रवेश गर्यो।

मध्यान्तरपछिको ६८औं मिनेटमा मेस्सीको सुन्दर पासमा अल्भारिजले दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को अग्रता दिलाए।

यो जीतसँगै अर्जेन्टिनाले शनिबार हुने फाइनलाका लागि स्थान सुरक्षित गरेको छ। 

भोलि हुने फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनलको बिजेतासँग अर्जेन्टिनाले उपाधि भिडन्त गर्ने छ। 

पछिल्लोपटक २०१४ मा उपविजेता रहेको अर्जेन्टिना १९७८ र १९८६ को विजेता बनेको थियो। 

क्रोएसिया साविकको उपविजेता हो। यसअघि भएको फाइनलमा ऊ फ्रान्ससँग पराजित भएको थियो।

प्रकाशित मिति: : 2022-12-14 01:53:00

प्रतिकृया दिनुहोस्