रास्वपाका नेता अर्याललाई प्रश्न- गगन थापा प्रधानमन्त्री बने सरकारमा जानुहुन्छ? (भिडियाे)

BreaknLinks
BreaknLinks

निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता निष्कृय गरिसकेकाे छ। मंगलबार आयोगले समानुपातिककाे बन्दसूचीमा रहेकाे नाम पनि सार्वजनिक गरिसकेकाे छ। जसबाट विभिन्न राजनैतिक दलहरुले प्राप्त गरेका समानुपातिक सिटका आधारमा संसदमा प्रतिनिधित्व गर्ने ११० जना समानुपातिक सांसदकाे पनि टुंगाे लागेकाे छ।

यस पटकको आम निर्वाचनमा आश्चार्यजनक मतपरिणाम आएकाे छ। हेभिवेट भनिएका नेताहरुसमेत पराजित भएका छन्। याे परिणामले नेपालकाे राजनीतिमा हलचल नै ल्याइदिएकाे छ। कारण हाे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय। रास्वपाकाे उदय र प्राप्त मतपरिणामबाट जनतामा पुराना राजनीतिक दलहरुप्रति वितृष्णा र व्यापक असन्तुष्टि रहेकाे पुष्टि हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी गठन भएको करिब ६/७ महिनामै प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जित्दै संसदकाे चौथाे ठुलाे दलको रुपमा उदाएको छ। दलहरू सरकार गठनका लागि औपचारिक रूपमा छलफलमा जुटिरहेका बेला रास्वपा पनि सरकार सामेल हुने चर्चा चलिरहेकाे छ।

नयाँ पार्टी, त्यसमा पनि संगठनिक रुपमा कमजोर रहेको रास्वपाको आगामी कार्यदिशा, राजनीतिक सिद्धान्त र एजेण्डा कस्तो होला? सरकारमा जान्छ कि जाँदैन, उनीहरु राजावादी हुन् वा समाजवादी, लोकतन्त्रवादी अथवा कम्युनिष्ट हुन्? भन्ने धेरैको चासोको विषय रहेको छ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रवक्ता उत्सव अर्याल भने रास्वपा कुनै सिद्धान्त, विचार र एजेण्डा विना उदाएको भन्नेहरुसँग फरक मत राख्छन्। उनी बिएल नेपाली सेवासंग कुरा गर्दै जनताको अवस्था परिर्वतनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको बताउँछन्।

‘कुनै विचारले पार्टी बन्छ, पार्टी सिद्धान्तले चल्छ। हामीप्रति अरुले नकारात्मक टिप्पणी गर्नु उचित हैन। हामी विचार, सिद्धान्तले चलेका छौं। जनताले राज्यबाट पाउने जुन सेवा हो, त्यो सेवा अन्य राजनैतिक दलले दिन नसकेकाले हाम्रो उदय भएकाे हाे’, उनले भने ‘देशमा व्यवस्था परिर्वतन भयो तर जनताको अवस्था परिर्वतन भएन। त्यसैले हामी जनताको अवस्था र व्यवस्था परिर्वनका लागि आएका हौँ।’

यसै सन्दर्भमा उनै रास्वपाका बागमती प्रदेश प्रवक्ता अर्यालसंग निर्वाचन समीक्षा, आगामी राजनीतिक यात्रा, सरकार गठनमा रास्वपाकाे भूमिका र वर्तमान राजनैतिक दलहरूप्रति पार्टीकाे धारणालगायतका विषयमा रहेर बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको भिडियो कुराकानी हेनुहोस् :

भिडियो  :

प्रकाशित मिति: : 2022-12-14 21:50:00

प्रतिकृया दिनुहोस्