इफोर्ट नेपालद्वारा दोलखाको विद्यालयमा न्यानो कपडा तथा जुत्ता वितरण

इफोर्ट नेपाल र लायन्स क्लब अफ नेपाल अल्पाइन नामक संस्थाद्वारा दोलखाको विद्यालयमा न्यानो कपडा तथा जुत्ता वितरण गरेको छ।

दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं ९ स्थित ठुलो पातल माध्यामिक विद्यालयका करिब १५० जना विद्यार्थीहरुलाई आइतवार न्यानो कपडा तथा जुत्ता वितरण गरिएको हो।

यस विद्यालयमा गत बर्ष पनि सोहीसंस्थाले शैक्षिक सामाग्री वितरण गर्नुका साथै साना बालवालिकाहरुको लागी इसिडी कक्षाकोठा लागी स्मार्ट टेलिभिजन, फर्निचर लगायत अन्य आवश्यक सामग्रीहरु प्रदान गरेको थियो।

तामाङ समुदायको बाहुल्यता रहेको बिकट क्षेत्रको यस ग्रामिण बिद्यालयमा अध्ययनरत विद्यार्थीलाइ न्यानो कपडा, जुत्ता लगायत शैक्षिक सामग्रीहरु वितरण गरिएको लायन्स क्लब अफ नेपाल अल्पाइनका अध्यक्ष दिनेश कुमार कडेल (रबि)ले वताए।

लायन्स क्लब अफ नेपाल अल्पाइनको ‘मेरो नयाँ जुत्ता’, भन्ने कार्यक्रम अन्तरगत यसै बर्षको जाडो मौसममा धादिङ, गोरखा र दोलखाका बिभिन्न बिद्यालयका करिब बाह्रसय बिद्यार्थीहरुलाई न्यानो कपडा र जुत्ता बितरण गरि सकिएको र आगामी दिनमा पनि देशका विभिन्न भागमा यस्तै सहयोगलाई निरन्तरता दिने समेत उनले बताए ।

त्यसैगरी इफोर्ट नेपालका कार्यक्रम निर्देशक राज कुमार थपलियाले जाडो मौसममा वितरण गरिएको न्यानो लुगा, जुत्ता र मोजाले वालवच्चालाई जाडो मौसममा न्यानो प्रदान गर्ने विश्वास लिएको बताए।

बितरण कार्यक्रममा विद्यालय व्यवास्थन समितिका अध्यक्ष सागर घिसिङ, प्रधानाध्यापक  श्याम वहादुर तामाङ, विद्यालय व्यवास्थन समितिका संस्थापक, अध्यक्ष राम तामाङ लगायतले सहयोगी संस्थालाई धन्यवाद दिदै आ(आफ्नो मन्तब्य दिएका थिए।

कार्यक्रममा लायन्स क्लब अफ नेपाल अल्पाईनका उपाध्यक्ष कुमार कार्की तथा सदस्य दिपक कडेल लगायत अभिभावकहरुको सहभागिता थियो।

पूर्व विद्यालय व्यवस्थापक समितिका सदस्य नरेन्द्र बहादुर तामाङ (गोविन्द) को पहलमा ओपाम जर्मनीको आर्थिक सहयोगमा इफोर्ट नेपाल र लायन्स क्लब अफ नेपाल अल्पाइनको संयुक्त आयोजनामा वितरण कार्यक्रम गरिएको हो।

प्रकाशित मिति: : 2022-12-13 12:30:00

प्रतिकृया दिनुहोस्