बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको आरोप लगाएका छन्।
नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले खेलाडीले खान नपाएर कमजोर हुने स्थतिमा सरकारले एन्फामा हस्तक्षेप गरेर टुप्पोमा परिवर्तन खोजेको दाबी गरे। उनले खेलकुदको विकासका लागि जरैदेखि काम गर्नुपर्ने बताए।
उनले भने, ‘खेलाडी खान नपाएर कमजोर हुने, खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो खालको स्थिति हुनुहुँदैन। यतातिर सरकारले पनि ध्यान दिनुपर्ने हो। तर सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ। टुप्पोमा परिवर्तन खोजेर हुँदैन। जरैदेखि हुनुपर्छ,’ ओलीले भने।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे ।
ओलीले विश्वकपमा नेपालभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका बेला नेपाली फुटबलमा प्रतिवन्ध लागेको भन्दै दुखेसो पोखे।
उनले भने, ‘अहिले विश्व फुटबल चलिरहेको छ। हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ। कस्तो उल्टोपाल्टो कुरा छ। हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। अल्पविकसित, विकासशीलतामा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाएका छन्, तर नेपाली फुटबल प्रतिबन्धमा छ।’
ओलीले देशै बर्बाद भएको कारण खेलाडीले मात्रै देशलाई अगाडि लैजान नसक्ने टिप्पणी गरे। जेनजी आन्दोलनलाई हिंसाको रुपमा टिप्पणी गर्दै ओलीले भुँइचालो र कोभिडजस्तो जटिल अवस्थाबाट देशलाई उकास्ने प्रयास गरिरहेका बेला आफ्नो सरकारलाई हिंसामार्फत हटाइएको दाबी गरे।
‘देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ। नेपालको हालत त्यही भएको त हो। भूइँचालो, कोभिडले ध्वस्त पार्यो हामीले उकास्ने प्रयास गर्यौं। तर यो कुरा सैह्य भएन। तर तोडफोड हत्या हिंसा मच्याइयो। यसलाई वैधानिकता दिने काम भइरहेको छ।’
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया