अर्थमन्त्री जनादर्न शर्माले प्रतिस्थापन विधेयक ल्याउनुअघि नेपालमा आयात हुने बिलेटमा प्रति मेट्रिकटन १ हजार ६५० रुपैयाँ अन्तःशुल्क लाग्दै आएको थियो।
तर यही जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै बिलेट आयातमा ४ दशमलव ७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार विन्दुमै प्रति मेट्रिक टन ३ हजार ५ सय अन्तःशुल्क बनाइएको घोषणा अर्थमन्त्री शर्माले गरे।
बिलेट आइरन आयात गरेर डन्डी बनाउने उद्योगलाई प्रतिकिलो साढे ३ रूपैयाँ अन्तःशुल्कलाई बढाएर अर्थमन्त्री शर्माले साढे ४ रूपैयाँ बनाए। डन्डी आयात गर्दा भन्सार शुल्क पनि तिर्नुपर्छ। तर, स्पन्ज आइरन तथा पत्रु आयात गरेर बिलेट बनाउने उद्योगलाई अन्तःशुल्क छुट गरे भने भन्सार महसुल १ प्रतिशत मात्रै कायम गरे।