पिंकी र एलएसएमले कसरी बनाएका थिए 'हजुर'?

सेतोपाटी

संगीता गिरी
setopati
setopati

बच्चा चञ्चल र चुलबुले हुन्छन्। त्योभन्दा केही फरक थिए एलएसएम।

आफूलाई फरक देखाउन उनले आफ्नो नाम एलएसएम राखे। जसको केही अर्थ छैन तर फरक छ।

एलएसएम मैले जोसमा राखेको नाम हो। सात आठ कक्षा पढ्दा साथीहरूले के हो तेरो नाम भन्दा एलएसएम भन्थेँ। बिस्तारै यो नामको महत्व बढ्दै गयो। तर म अझै यसको अर्थ खोजिरहेको छु, उनले भने।

उनको वास्तविक नाम शैलेस रोकाया क्षेत्री हो। उनी आफ्नो नामले भन्दा पनि कामले परिचित हुन चाहन्छन्। 

कला र कलाकर्मीलाई छुट्याएर हेर्नु पर्छ। कुनै फिल्म बनाएको छ भने यो त केटा वा यस्तोले बनाएको फिल्म रहेछ भनेर छुट्याइ हाल्छन्। तर मलाई यस्तो मन पर्दैन। फिल्म भनेको फिल्म हो जसले पनि बनाउन पाउँछन्। एलएसएमको न कुनै जेन्डर छ, न कुनै जात। कसले बनाएको फिल्म भनेर थाहा हुँदैन, उनले भने।

प्रकाशित मिति: : 2022-12-11 06:43:00

प्रतिकृया दिनुहोस्