मृतकका बुबालाई गोली हान्न लगाएर हत्यारालाई मृत्युदण्ड

बिबिसी

काठमाडौं

अफगानिस्तानमा हत्यामा दोषी ठहर एक अभियुक्तलाई मृतकका बुबालाई गोली हान्न लगाएर सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको छ।

तालिबान सत्तामा फर्किएयता मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। तालिबानका प्रवक्ताले देशको दक्षिणपश्चिमी फराह प्रान्तस्थित एउटा रङ्गशालामा धेरै मानिस भेला भएको बेला त्यसरी दिइएको बताएका छन्।

ती अभियुक्तलाई मृत्युदण्ड दिन उनले हत्या गरेका व्यक्तिका बुवाले तीन पटक गोली हानेको तालिबानका प्रवक्ताको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2022-12-08 18:27:00

प्रतिकृया दिनुहोस्