माइत गएकी श्रीमतीलाई घर बोलाएर हत्या, प्लास्टिकमा टाउको बोकेर प्रहरी कार्यालय

उकेरा

काठमाडाैँ

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरले ३० वर्षीय श्रीमती मिना आले मगरको हत्या गरेका छन्। 

उनले मिनाको धारिलो हतियारले घाँटी छिनालेर हत्या गरेका हुन्।

हत्या गरेर टाउको प्लाटिकमा राखी इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मंगलबार दिउँसो पन्चपुरी–३ तोक्माबाट प्रहरी कार्यालय हिँडेका उनलाई पञ्चपुरी–२ पलैंटेमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे। 

प्लास्टिकमा श्रीमतीकाे काटेकाे टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अम्मरबहादुर दुवई र मलेसिया गरी आठ वर्ष वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको भदौमा मात्रै उनी स्वदेश फर्किएका हुन्।

आर्थिक हिसाकिताब र श्रीमतीको अविश्वासका कारण बेला–बेला दुईजनाबीच झगडा हुँदै आएको वडा नम्बर–३ का वडाध्यक्ष बलबहादुर रोकायले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-07 15:09:00

प्रतिकृया दिनुहोस्