बिएल संवाददाता
नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन्। निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसकेका छन्।
यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिसकेकाे छन्। उनको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको छ।
सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले उनी दुईलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए। ‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहेका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो’, अध्यक्ष खड्काले भने, ‘हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ।’
अध्यक्ष खड्काका अनुसार सोही बैठकले सङ्घका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ। योजनासहित सङ्घमा जोडिएको निर्माता बानियाँले बताए। ‘हाम्रो पेसागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ’, निर्माता बानियाँले भने, ‘हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ।’ सङ्घले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया