संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाे महाभियोग प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ।
अघिल्लो प्रतिनिभिसभामा दर्ता भएको प्रस्ताव अर्काे प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। साेही कारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ।