प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ। देउवा र राउतबीच बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे हाे।
उनीहरुबीचकाे भेटवार्तालाई पुष्टि गर्दै काँग्रेस नेता विमलेन्द्र निधिले सरकारमा तालमेल हुने सहमती भएकाे बताएका छन्।
‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले ट्वीट गरेका छन्।