प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन्।
आज बिहान बालुवाटार पुगेर उनीहरूले देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। उनीहरूबीच चुनावी परिणामबारे कुराकानी भएको बताइएको छ।