बिएल संवाददाता
बाराको चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तीन प्रतिनिधिसभा र सात प्रदेशसभाको नजिता आइसकेको छ। १० वटा निर्वाचन क्षेत्रको परिणाम आउँदा नेकपा एमालेले पाँच स्थानमा जित हात पारेको छ।
एमालेले दुई प्रतिनिधिसभा र तीन प्रदेशसभामा विजय प्राप्त गरेको छ। बारा क्षेत्र नं. १ मा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा क्षेत्र नं. ३ मा अर्की पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह निर्वाचित भएकी छिन्।
मैनालीले नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई नौ हजार एक सय ३९ मतको मतान्तरले पराजित गरेका हुन्। मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत पाएका छन्।
यसैगरी बारा क्षेत्र नं. ३ मा पूर्वमन्त्रीसमेत रहेकी साहले जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई दुई हजार नौ सय ८२ मतको मतान्तरले पराजित गरिन्।
साहले २० हजार दुई सय ५१ मत पाएर निर्वाचित हुँदा जसपा मधेस प्रदेश अध्यक्षसमेत रहेका यादवले १७ हजार दुई सय ६९ मत पाएका छन्।
प्रदेशसभातर्फ बारा क्षेत्र नं. ४(१) मा देवनारायण चौधरी तीन हजार ६ सय १९ मतको मतान्तरले निर्वाचित भए।
चौधरीले १३ हजार ६ सय ८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन्।
यसैगरी प्रदेशसभा ३(१) मा एमालेका रवीन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले माओवादी केन्द्रका मुकेश साहलाई आठ सय ८६ मतले पराजित गरेका हुन्।
श्रेष्ठले आठ हजार एक सय ९५ मत प्राप्त गर्दा साहले सात हजार तीन सय नौ मत पाएका छन्।
बाराको प्रदेशसभामा तेस्रो जित निकाल्ले क्रममा क्षेत्र नं. १(१) मा एमालेका त्रिलोकी चौधरी निर्वाचित भए।
उनी दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा चौधरी निर्वाचित भएका थिए।
दोस्रो पटक प्रदेशसभा निर्वाचित हुने क्रममा चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश दंगालले १४ हजार दुई सय ७० मत पाएका छन्। चौधरी दुई हजार पाँच सय २८ मतको मतान्तरले निर्वाचित भएका हुन्। बारामा अब एमाले उम्मेदवार रहेको एउटा प्रदेश निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ।
बारा क्षेत्र नं. ३(२) को परिणाम आउन बाँकी रहेको हो। उक्त निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार महम्मद समिर अग्र स्थानमा छ।
एमालेले बाराको चार प्रतिनिधिसभा र आठ प्रदेशसभामध्ये सात स्थानमा उम्मेदवारी दिएको थियो। जसमध्ये दुई स्थानमा पराजय व्यहोरेको छ।
बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभामा पूर्वमन्त्री एकबाल मिया र क्षेत्र नं. २(१) को प्रदेशसभामा बलवीर चौधरी पराजित भएका छन्।
जसपासंग चुनावी तालमेल गरेको एमालेले बारा क्षेत्र नं. २, क्षेत्र नं. २(२), क्षेत्र नं. १(२) र क्षेत्र नं. ४(२) मा उम्मेदवारी दिएको थिएन्। उक्त क्षेत्रमा जसपाका उम्मेदवारले निर्वाचन लडेका थिए।
जसपाका उम्मेदवारमध्ये १(२) मा सरोज यादव, २(२) मा बच्चा राउत अहिर निर्वाचित भईसकेका छन् भने ४(२) मा आत्माराम साह पराजित भएका छन्।
बारा क्षेत्र नं. २ को मतगणना जारी छ। उक्त निर्वाचन क्षेत्रको पछिल्लो मतपरिणामअनुसार जसपाका उम्मेदवार रामसहाय यादव दोस्रो स्थानमा छन्।
उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिइरहेका छन्। जिल्लाको अन्य सबै क्षेत्रमा तालमेल गरेको एमाले र जसपाले बारा बारा क्षेत्र नं. ३ मा भने मित्रवत प्रतिस्पर्धा गरेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया