ओखलढुंगाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन्।
पछिल्लाे मतगणना अनुसार खतिवडाले एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै विजयी भएका हुन्।
खतिवडाले ३३ हजार ५५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन्।