मोरङ क्षेत्र नम्बर–२ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता बनाएका छन्।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुजता कोइरालाई ८८१ मतले पछि पार्दै अग्रता कायम गरेका हुन्।
पछिललो मत परिणाम अनुसार पोखरेल २० हजार ५६५ का साथ अग्रस्थानमा छन्। कोइरालाले १९ हजार ६८४ मत ल्याएर पछ्याइरहेकी छिन्।
प्रदेश (१) मा नेकपा माओवादीका गणेश उप्रेती ‘शुशील’ अग्रस्थानमा छन्। उनले नेकपा एमालेका दानबहादुर कार्कीलाई झिनो मतान्तरले पछि पारेका छन्। उप्रेतीले ८ हजार ८६५ र कार्कीले ८ हजार ५८७ मत ल्याएका छन्।
यस्तै प्रदेश (२) मा एमालेका लिलाबल्लध अधिकारी १२ हजार ४३२ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसका विनोद कार्कीले १० हजार ९२१ मत ल्याएर अधिकारीलाई पछ्याइरहेका छन्।