पुराना दलको घन्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय

सेतोपाटी

अमित ढकाल

२०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्‍याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ।

यो दललाई यसपालि मत दिने मतदाताका कारण आउने दिनहरूमा नेपालको राजनीति अब उस्तै रहन सम्भव हुने छैन।

यो विश्लेषण पढ्दै गर्दा सेतोपाटीका पाठकहरूका मनमा सबभन्दा ठूलो खुलदुली पक्कै पनि रास्वपा यसपालि कति ठूलो दल बन्छ भन्ने हुन्छ। यो दलले प्रत्यक्षमा कति सिट जित्ला र समानुपातिकमा कति प्रतिशत मत ल्याउला भन्ने कौतुहल सबैमा छ।

यी प्रश्नसँगै राष्ट्रिय राजनीतिका लागि अरू पनि महत्वपूर्ण प्रश्नहरू छन्।

प्रकाशित मिति: : 2022-11-21 12:14:00

प्रतिकृया दिनुहोस्