अमेरिकाबाट नेपाल फर्केर सञ्चारकर्म हुँदै राजनीतिमा होमिएका रवि लामिछानेको नागरिकता विवादलाई यहाँ रहेका नेपालीहरूले चासोका साथ लिइरहेका छन्। यहाँका नेपालीहरू समग्रतामै उनलाई दुई कोणले हेर्ने भएकाले पछिल्लो विवादमा पनि त्यसरी नै हेरिरहेका छन्।
अमेरिकाबाटै नेपाल फर्केकाले उनको एक किसिमको प्रोक्सिमिटी त यहाँ छ तर अन्य देशको नेपाली डायस्पोराजस्तो यहाँ उनको फ्यान फलोइङ छैन। अमेरिका छोडेर नेपाल गएको एउटा कोण र पुराना दल र राजनीतिज्ञले केही गरेनन् भन्ने अर्को कोणबाट हेर्नेहरूले उनीप्रति सहानुभूति राखेका छन्।
तर, उनको अमेरिकी बसाइ, आनीबानी, चरित्रलाई नजिकबाट हेरेकाहरू भने पहिलेदेखि नै उनीप्रति त्यति धेरै सकारात्मक छैनन्। उनी अमेरिकाबाट जुन परिस्थितिमा नेपाल फर्केर, परिवर्तन भएको परिस्थितिमा अमेरिकी नागरिकता त्याग्नुपर्यो, त्यो उनको चाहना भन्दा पनि बाध्यता थियो भनेर यहाँ बुझ्नेहरू धेरै छन्। त्यसैले उनले अमेरिका त्यागेर गएको भन्ने कुरालाई मातृभूमिको अगाध मायासँग जोडेर नेपालतिर बनाइएको भाष्यलाई यहाँ मजाकको विषय बनाइन्छ।
नागरिकता विवादको सन्दर्भमा नेपाललई आफ्नो मातृभूमीका रूपमा लिएर जाँदा आउँदा र त्यहाँ रहदाबस्दा कुनै फरक नपर्ने तर त्यहाँ गएर अरूलाई असर पार्न थालेपछि विवादमा परिने यहाँका नेपालीहरुको ठम्याइ छ। रविले अनुहार नेपाली भएको फाइदा लिएर अमेरिकी नागरिक हुदाहुँदै पनि टेलिभिजनका पर्दाबाट नेपाली नागरिकमाथि चोर औला ठड्याएर सेलिब्रेटी त भए तर त्यही विन्दुबाट उनको समस्या सुरू भएको यहाँका नेपालीहरुको ठहर छ।
नागरिकता कुनै पनि देशको प्रतिष्ठा र सम्वेदनाको विषय भएकाले त्याग्ने, लिने, त्याग्ने भन्ने कुरालाई नै सहज रूपमा लिइदैन। रविले आफू जन्मेको देश नेपालको नागरिकता त्यागे र आफूले चाहेको देश अमेरिकाको नागरिकता लिए। यतिसम्म अरूले पनि गरेका स्वभाविक प्रक्रिया थिए तर उनले जुन परिस्थिति सिर्जना गरेर बाध्यताले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिनुपर्ने परिस्थिति सिर्जना भयो त्यो भने स्वभाविक थिएन।
उनी सार्वजिनक व्यक्तित्व भएको र अरूले गरेका हरेक बेथिति औल्याएर नाकको डाँडी नै भाँचिदिन्छु भन्ने स्वभावका भएकाले आफ्नो कानूनी र नैतिक धरातल दह्रो बनाउनुपर्थ्यो। तर, उनको नैतिक धरातल पहिलै खस्केको थियो, कानुनी धरातल पनि दह्रो बनाउनतिर लागेनन्। नेपालमा मिडियामा भएपछि त्यसमा पनि रवि लामिछानेजस्तो सेलिब्रेटी नै भएपछि कस्ले छुने र भन्ने उनलाई दम्भ बढ्यो। जसले गर्दा उनी अहिले कानूनी प्रश्नको कठघरामा उभिन पुगेका हुन्।
रवि एक सफल मान्छे हुन्। भनाइ नै छ नि, सफल त्यो हो जसका शत्रु धेरै हुन्छन्, असल त्यो हो जसका मित्र धेरै हुन्छन्। रविले आफ्नो सफलताका कारण धेरै पहुँचवाला शत्रु कमाएका छन्। हो, उनले फ्यान पनि कमाएका छन्। तर, ती मित्रका तहका फ्यान हैनन्। उनीहरू एक किसिमले रविलाई भगवान मान्छन् र कोही उनको विरूद्ध उभियो भने जाइलाग्छन्। तर, रवि यसरी जाइलागेर पार नहुने ठाउँमा पुगिसकेका छन्।
रवि अत्यन्त चलाख र धूर्त छन्। उनको पछिल्लो अनुहारको भाषाले बताइसकेको छ कि उनले गम्भीर रूपमा कानूनी गल्ती गरेका छन्। त्यसले उनलाई गम्भीर रूपमा नै धक्का दिनेछ भन्ने उनलाई थाहा भैसक्यो।अब उनले गर्ने तर्क त निम्छरा हुन्छन् नै, उनले दिने जवाफ पनि ओठे हुन्छ। अहिले उनी 'मरता क्या नही करता' को स्थितिमा पुगिसकेका छन्। त्यसैले उनी पधेर्नी तर्क र फेसबुके प्रतिक्रियाकै भए पनप सहारा लिइरहेका छन्।
अमेरिकाका नेपाली समुदायले यो सत्यलाई नजिकबाट बुझेका छन् र उनीहरूले रवि अप्ठ्यारोमा परिसकेको आँकलन गरिरहेका छन्। तर, कोही पनि चिनिएका नामहरू सार्वजिक प्रतिक्रिया दिन चाँहदैनन्। समस्या यहाँका अधिकांश सार्वजनिक व्यक्तित्वहरूको धरातल पनि कमजोर छ, उनीहरू अझै पनि रवि कुनै न कुनै रूपमा शक्तिशाली हुने र आफ्ना भक्तहरूसमेत लगाएर आफूविरूद्ध आक्रमण गर्न सक्ने डरमा छन्।
रविले अमेरिकाको बाल्टिमोरमा बसेर यहाँको नेपाली डायस्पोरामा आफ्नो सक्कली अनुहार देखाइसकेका छन्। उनी कतिसम्म तल जान सक्छन्, यहाँका नेपालीहरूलाई राम्ररी थाहा छ।
रविलाई नजिकबाट नचिनेकाहरूमा भने संख्यामा सानै भए पनि एक किसिमको क्रेज छ। उनीहरू रविमाथि षडयन्त्र नै भएको ठान्छन्।
यहाँका लगभग सबै नेपाली रविले जित्ने ठान्छन्। उनीहरू रविले नागरिकताको मुद्दा भने हार्ने ठान्छन्। यसबाट उनकोले सांसद पद जाने मात्र हैन, राजनीतिक जीवन नै खतम हुन सक्ने आशंका पनि यहाँ व्याप्त छ।
रवि एक सफल मान्छे हुन्। भनाइ नै छ नि, सफल त्यो हो जसका शत्रु धेरै हुन्छन्, असल त्यो हो जसका मित्र धेरै हुन्छन्। रविले आफ्नो सफलताका कारण धेरै पहुँचवाला शत्रु कमाएका छन्। हो, उनले फ्यान पनि कमाएका छन्। तर, ती मित्रका तहका फ्यान हैनन्। उनीहरू एक किसिमले रविलाई भगवान मान्छन् र कोही उनको विरूद्ध उभियो भने जाइलाग्छन्। तर, रवि यसरी जाइलागेर पार नहुने ठाउँमा पुगिसकेका छन्।
रवि, अमेरिका बसेर फर्केका हुन्, यहाँका नेपाली उनको जय नै होस् भन्छन्। मंसिर ४ गते चितवन २ बाट जितुन् भन्ने कामना पनि गर्छन्। तर, सँगसँगै नैतिक धरातल र कानूनी धरातल खुट्टा भासिने नबनाउन पनि आग्रह गर्छन्।