सोमबार, १५ डिसेम्बर २०२५

आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?

उकेरा

उकेरा

काठमाडाैं
News Image
• • •

काठमाडौं : नागरिकता सम्बन्धी उजुरी परेपछि विवादमा आएका चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेको आरोप अस्वीकार गरे। तर, प्रमाण पेस गर्न सकेनन्।बुधबार फेसबुक लाइभमा आएका उनले यो विषय चार वर्ष अगाडि नै टुङ्गिएको दाबी गरे। उनीमाथिको आरोप हो- उनले उम्मेदवारी दर्ता गर्दा पेस गरेको नेपाली नागरिकताको कानुनी वैधता।

निर्वाचन कार्यालयमा उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाण पत्र पेस गरेका छन्। नेपालको नागरिकता सम्बन्धी कानुन अनुसार उनले अमेरिकी नागरिकता लिए लगत्तै सो नागरिकता खारेज भइसकेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!