बिएल संवाददाता
सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन्। एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको द्वन्द्व जस्ता मुद्धाका फिल्ममा आयुष्मानले मनोरञ्जनपूर्ण ढंगले आफूलाई प्रस्तुत गरेका थिए। अब भने उनले आफूलाई कमेडी फिल्ममा फोकस गर्ने भएका छन्।
‘अब म जुनसुकै फिल्ममा साइन गरे पनि त्यसको कथावस्तु सामाजिक सन्देश दिने खालको नहोस् भन्ने चाहन्छु। मेरो सोचाइ सामाजिक सन्देशका कथाबाट टाढिएर पपकर्न इन्टरटेनमेन्ट फिल्ममा अभिनय गर्नु हो’, उनले भनेका छन्।
आयुष्मानले दर्शकहरु बाँडिएका कारण आफूले यो निर्णय लिएको खुलाए। ‘हाम्रो दर्शक बाँडिएका छन्। बौद्धिक दर्शकको अलग हिस्सा, आम दर्शकको हिस्सा, उनीहरुको साथमा फिल्म ल्याउनु ठूलो चुनौती हो। अहिलेको पुस्ता ओटीटीयुक्त छन्। उनीहरुले सन्देशभन्दा पनि मनोरञ्जन खोज्न थालेका छन्,’ आयुष्मानले भनेका छन्।
आयुष्मानले आफू सुरुदेखि नै मल्टीप्लेक्सवाला अभिनेता रहेकाले धेरै बौद्धिक फिल्म पनि दर्शकले मननपराउने उल्लेख गरेका छन्। ‘अब मैले व्यावसायिक फिल्मतिर झुकाव राख्नुपर्छ’, उनले भनेका छन्।
आयुष्मानका पछिल्ला केही फिल्मले बक्सअफिसमा सोचेजस्तो व्यापार गर्न सकेका छैनन्। यहीकारण उनले सामाजिक सन्देश दिने खालका फिल्मबाट दुरी बढाउने निर्णय लिएका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया