बिएल संवाददाता
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। एक सातादेखि लगातार ओरालो लागिरहेको नप्सेमा आजमा हरियाली छाएको हो।
नेपाल स्टक एक्सचेन्जका आज नेप्से १.१३ प्रतिशतले बढेको हो।
आइतबार भने ०.५६ प्रतिशतले गिरावट भएको थियो। आज नेप्से परिसुचक २१.२६ अंकले वृद्धि भई १९०४.४३ विन्दुमा रोकिएको छ। सोमबार १८४ कम्पनीको कारोबार भएसँगै १४८ कम्पनीमा वृद्धि भएको छ भने ३१ कम्पनीमा ओरालो लागे र पाँच कम्पनी स्थिर रहे।
२४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ। यसैगरी, तारागाउँ रेजेन्सी होटल ९.८४ प्रतिशत, सप्तकोशी विकास बैंक ८.३९ प्रतिशतले वृद्धि भएको छ।
शिवम् सिमेन्ट १० करोड ९६ लाख ४३ हजार २७५ र हिमालयन डिस्टिलरी ८ करोड ९९ लाख ५ हजार ८३३ को कारोबार भएको छ। आज सबै उपसमुहमा हरियाली छाएको छ।
जसमा म्यानुफ्याक्चरिङ प्रोसेसिङ ३.१३ प्रतिशत, फाइनान्स २.७१ प्रतिशत, अन्य २.३३ प्रतिशत, होटल तथा पर्यटक २.२७ प्रतिशत र विकास बैंक २.२० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया