राजेन्द्र राईले मुख्यमन्त्रीको प्रचार गरेपछि कांग्रेस रुष्ट

निर्वाचनको नजिकिँदै गर्दा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अब चुनावपछि आफू फेरी मुख्यमन्त्री हुने र बजेट गाउँगाउँमा ल्याउने भन्दै झुटो आश्वासन बाड्न थालेपछि कांग्रेसीहरु असन्तुष्ट बनेका छन्। 

थोरै सिट भएर पनि प्रदेश १ को मुख्यमन्त्री पड्काए भन्दै संसदमा भाषण गर्ने राईले फेरी मुख्यमन्त्रीमा आफ्नो प्रचार गरेपछि कांग्रेसीहरु रुष्ट बनेका हुन्। 

यसपटक प्रदेशमा गठबन्धनको सरकार नबन्ने अवस्था छ । यदी बनिहाले पनि कुनैपनि हालतमा कांग्रेसले पाउने अवस्था रहने कांग्रेसका एक जना केन्द्रीय सदस्यले बताए। 

ती केन्द्रीय सदस्यका अनुसार गठबन्धनबाट ११ वटा प्रत्यक्ष सिट प्रदेशमा पाएको नेकपा एकीकृत समाजवादीलाई तीन सिट जित्न पनि मुस्किल छ। 

‘यस्तो अवस्था मुख्यमन्त्रीको दावी गर्नु सान्दर्भिक छैन्। अब गठबन्धनको सरकारमा एसलाई कुनै पनि हालतमा प्रदेशमा अगाडी नबढाउने उनीहरुको चाहना छ’, ती नेताले भने। 

कांग्रेसमा शेरबहादुर देउवाको छत्रछायाँमा अमृत अर्याल, डा. शेखर कोइरालाको साथमा राजीव कोइराला लगायत भीम पराजुली र केदार कार्कीसम्म मुख्यमन्त्रीको प्रचार गरिरहेका छन्। 

यो पटक कांग्रेस नै अघि हो, अब बजेट दिन्छु, मुख्यमन्त्री हुन्छु भन्दै अनावश्यक प्रचार नगर्नु राम्रो हुने कांग्रेसका कार्यकर्ताहरुको भनाइ छ। 

अहिले राजेन्द्र राईले भोजपुरको प्रदेश ‘क’ मा बजेट दिन्छु भन्दै मान्छेलाई झुक्याइरहेको र मुख्यमन्त्री हुन्छु भनेर भन्दै भोजपुरका सुजन राईले बताए। 

नेपाली कांग्रेसका नेता अमृत अर्यालले अबको मुख्यमन्त्री आफू हुने भन्दै प्रचार गरिरहेका छन्। प्रदेश १ का ५६ सिटमध्ये कांग्रेसले २६, माओवादीले १९, नेकपा एसले ११ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2022-11-14 13:20:00

प्रतिकृया दिनुहोस्