बौद्धदेखि युरोप-अमेरिकासम्म पुगेको 'उत्पला' को लुङ्दर

सेतोपाटी

जुना श्रेष्ठ
बौद्ध स्तुपमा फहराइएको उत्पला क्राफ्टले बनाएको लुङ्दर।
बौद्ध स्तुपमा फहराइएको उत्पला क्राफ्टले बनाएको लुङ्दर।

बौद्ध धर्मावलम्बीहरूलाई हरेक अवसरमा नभई नहुने सामग्री हुन् खादा र लुङ्दर।

खादा मानिसको जन्मदेखि मृत्युसम्म प्रयोग हुन्छ। पूजापाठमा पनि उत्तिकै चाहिन्छ।

लुङ्दर चाहिँ 'प्रार्थना झन्डा' हो। बौद्ध धर्मावलम्बीहरूले यसलाई गुम्बा, स्तुप, चैत्य, घर, बौद्ध तीर्थधाम र पर्यटकीय स्थलहरूमा फहराउँछन्। बौद्ध परम्परामा लुङ्दरको हावा पुग्ने ठाउँ पवित्र मानिन्छ। हिन्दु धर्मावलम्बीले तोरण टाँगेजस्तो गरी बौद्ध परम्परामा लुङ्दर टाँगिन्छ।

प्रकाशित मिति: : 2022-11-14 12:24:00

प्रतिकृया दिनुहोस्