जनमतः कम शुल्क लिएर भएपनि विश्वकप हेर्न पाउनुपर्छ

कतारमा हुने २२ औँ संस्करणको विश्वकप फुटबल सुरु हुन एक साता मात्र बाँकी छ। 

अहिले सबै फुटबलप्रेमीको ध्यान कतारमा हुने विश्वकप फुटबलमा छ। फुटबल प्रेमीहरु दिन गन्दैँ विश्वकपको स्वागत गर्न तमतयारी अवस्थामा छन्। यससँगै नेपाल तथा अन्य मुलुकबाट फुटबल हेर्न जानेकाे क्रममा बढ्दो छ।  

हरेक चार वर्षको समयमा सबैको नजर तान्ने विश्वकप फुटबल प्रतियोगिता  हेर्न  यसपालि भने नेपालमा उपभोक्ताहरूले  ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ।

यसअघि नियमित शुल्कमै विश्वकप हेरिरहेका उपभोक्ताहरूले ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनेपछि  'विवाद' उत्पन्न भएकाे थियाे।

खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यस विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशका कारण नेपालमा विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न पाउने वा नपाउने अझै निश्चित नभएको मिडियाहबले बताएकाे  छ। 

अदालतको  'शुल्क नउठाउने' आदेशपछि नेपालका लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको अनुमति लिएको निजी कम्पनी मिडिया हबले "प्रसारण अनिश्चित" बनेको बताएको छ।

संसारभरकाे ध्यान तान्ने खेल शुरू हुन काेही दिन मात्र बाकीँ हुदैँ गर्दा नेपाली मनहरु भने खिन्न हुने अवस्थामा छन्। 

नेपालमा खेलकाे प्रत्यक्ष प्रसारण नहुने हुँदा नेपालमा भएका खेलप्रेमीहरू मिडियाहबले कम शुल्क लिएर भएपनि खेलकाे प्रत्यक्ष प्रसारण गर्नुपर्ने तथा सरकारले त्यसकाे विकल्प खाेज्नुपर्ने बताउँछन्।

मिडियाहबले अदालतकाे आदेशका कारण प्रसारणका लागि गर्नुपर्ने आवश्यक कामहरू नगरेको बताईँरहदा नेपालीहरूले कसरी फुटबल हेर्न पाउनुपर्छ या सम्बिधत निकायले के गर्नुपर्छ भनेर हामीले बानेश्वरमा भेटिएका फुटबलप्रेमीहरूलाई प्रश्न गरका छाैँ?

भिडियाे:

प्रकाशित मिति: : 2022-11-13 11:45:00

प्रतिकृया दिनुहोस्