बेइजिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले वृद्धि

सांकेतिक तस्विर
सांकेतिक तस्विर

बेइजिङको यस वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्याङ्कले देखाएको छ।  

बेइजिङ भन्सारका अनुसार यो तथ्याङ्क गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो।   

जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ।   

यस अवधिमा, सोलार व्याट्री, लिथियम–आयन ब्याट्री र विद्युतीय सवारी साधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन्। 

अक्टोबरमा मात्रै चीनको वैदेशिक व्यापार २५.२ प्रतिशतले वृद्धि भई ३०७.६६ अर्ब युआन पुगेको चीनले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-12 21:40:00

प्रतिकृया दिनुहोस्