लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट गण्डफी प्रदेशसभा ख मा उम्मेदवारी दिएका भेषबहादुर पौडेल यतिखेर गाउँ गाउँमा पुगेका छन्।
उनी मतदातासमक्ष आफ्ना योजना सुनाइरहेका छन्। मतदाता यस्तै योजना आफूलाई चाहिएको प्रतिक्रिया दिइरहेका छन्।
यहि मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयले जताततै चर्चा परिचर्चा हुन थालेको छ।
चोक चोकका चिया पसल देखि मेलापात, पानी–पँधेरा, चियापसल, चोक–चौतारीमा अहिले चुनावकै विषयमा कुरा हुन थालेको छ। यतिखेर सबै पार्टीका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्।
मतदातासँग भोट माग्न गाउँगाउँका कुना कुनामा पुगेका उम्मेदवारसँग मतदाताको एउटै अपेक्षा छ, गाउँको विकास।
गाउँका मतदाता भन्छन्- इमान्दार व्यक्तिलाई जिताउनु पर्छ। यतिखेर सबै नेताहरुको बारेमा बुझिसकेका मतदाता आश्वासन दिएर गाउँ नफर्कने नेतालाई यसपटक मत नदिने विचारमा छन्।
एकपटक जितेर गएपछि आफ्नालाई मात्र हेर्ने, अहिले फेरि मैले विगतमा यो गरें र त्यो काम गरें भनेर भन्न आउनेहरुदेखि वाक्क भइसकेको बताउँदै इमान्तार नेतृत्व चुन्नुपर्ने बताउँछन्।
बिहीबार गाउँमा मत माग्न पुगेका लोकतान्त्रिक वाम गठबन्धन तर्फका उमेदवार, प्रदेश सभा (ख) का भेष बहादुर पौडेलसँग मतदाताले यही अपेक्षा गरे।
मतदाताले इमान्दार नेतालाई जिताउन आफूहरु लाग्ने बताए। मतदाताको उत्साहजनक सहभागिताले आफ्नो हौषला बढेको नेता भेषबहादुर पौडेल बताउँछन्। आफूले चुनाव जित्ने कुरामा विश्वस्त रहेका पौडेल आफूले अहिले गरेका वाचा पूरा गर्न हरतरहले लागि पर्ने बताउँछन्।
भेषबहादुर पौडेल सफल व्यवसायी र समाजसेवी हुन्। बैंक, हाइड्रो, शैक्षिक क्षेत्र, उद्योग वाणिज्य, पर्यटन र युवा क्लव लगायतका क्षेत्रमा आफूले अनुभव प्राप्त गरेकाे भन्दै उनले ती क्षेत्रमा लाग्दा आफूले विभिन्न व्यक्तिहरुसँग छलफल गरेको र उनीहरुका भावनासँग एकाकार हुन सकेको बताउँछन्।
लमजुङमा लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका देवप्रसाद गुरुङ चुनावी मैदानमा छन्। उनी माओवादी केन्द्रका महासचिव हुन्।
लमजुङको विकास र समृद्धिका लागि आफूले पहिलेदेखि नै काम गर्दै आएको र भावी दिनमा पनि जिल्लामा विकासका गतिविधिलाई अघि बढाउने उनले बताए।
एमालेबाट प्रतिनिधिसभा चुनावका लागि एमालेका पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन्। उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत हुन्।
उम्मेदवारहरूले जिल्लामा चुनावी प्रचारप्रसारमा नेता तथा कार्यकर्ता परिचालन गरेका छन्। लोकतान्त्रिक–वाम गठबन्धन र एमालेका उम्मेदवारहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन्।