मेराे जित निश्चित देखेपछि विराेधीहरू अत्तालिएर दुस्प्रचार गरिरहेका छन्: धिरेन्द्रराज गिरी

फाइल तस्विर
फाइल तस्विर

पछिल्लो समय नेकपा (एमाले)काे शक्ति बढ्दैछ। एकीकृत समाजवादी छुट्टिएपछि कमजाेर भएकाे एमाले आफ्नाे गुमेकाे शक्ति आर्जन गर्न लभगभ सफल भयाे।

यसरी एमालेले शक्ति आर्जन गर्द गर्दा प्रदेश सभाकाे क्षेत्र नं. (क) का उम्मेदवार धिरेन्द्रराज गिरी उत्साहित छन्।

जुम्लाकाे कम्युनिस्ट आन्दोलनकाे प्रारम्भिक चरणदेखि सक्रिय गिरी पाका नेतामा पर्छन्। विभिन्न खालका आन्दोलनमा सक्रिय र अग्रणी भूमिका निर्वाह गरेका उनले हालसम्म कुनै लाभकाे पद हासिल गरेका छैनन्।

पहिलो पल्ट उम्मेदवार बनिरहँदा उनलाई कतिपयले कमजोर उम्मेदवार भनेर टिप्पणी समेत गरिरहेका छन्। तर उनी भने आफूलाई जनताले जिताउने दृढ विश्वास लिएर चुनावी मैदानमा छन्।

कतिपयले उनकाे उम्मेदवारी निष्क्रिय हुने भन्ने खालकाे हल्ला पनि फैलाइरहेका छन्। तर उनी ती सबै हल्लालाई चिर्दै भन्छन्,‘एमाले जनताकाे आस भराेसा भएकाे पार्टी हाे। यसमा जनताकाे आकर्षण बढ्दाे छ। पार्टी कमिटीले निर्णय गरेर दिएकाे उम्मेदवारी कसरी निष्क्रिय हुन्छ? मेराे जनमत देखेर विरोधी अत्तालिएका छन्।’

उनी यतिबेला आफ्नाे क्षेत्रभरिका जनताकाे बीचमा मत माग्न जाँदा धेरैले कम्युनिस्ट आन्दोलनमा उनकाे याेगदान रहेकाे बुझेकाे प्रतिक्रिया पाएका छन्। अनुभवले खारिएकाे मान्छे जनप्रतिनिधि हुँदा जनभावना अनुसारका नीति, नियम बनाउने र जनमुखी कार्यक्रम ल्याउनतिर सक्रिय रहने जनताले नै भनिरहेका छन्।

एमालेकाे लाेकप्रियतादेखि अत्तालिएर कांग्रेस, माओवादी र समाजवादी लगायतका पार्टीहरुले पत्तासाफ हुने डरले गठबन्धन गर्न लागेकाे उनले बताए।

‘याे समय एमालेकाे हाे। एमालेकाे पक्षमा देशभर जनलहर छ। विराेधीहरु अत्तालिएर एक भएका हुन,’ उनले भने, ‘सिमित स्वार्थी र लाेभिपापीले देश लुट्न गरेकाे गठबन्धनलाई जनताले वर्षाकाे पानीले गलाएकाे माटाेकाे पर्खाल जस्ताे निस्तेज पारिदिनेछन्।’

उनकाअनुसार ओली सत्तामा हुञ्जेल नेपालकाे विदेश नीति परिक्क थियो। राष्ट्रियताकाे सवालमा नेपाल एक सार्वभाैम सत्ता सम्पन्न देश थियाे। विकासकाे जग हालिसकिएकाे थियाे।

‘ओलीकाे बहिरगमनपछि बनेकाे देउवाकाे परमादेशी सरकारले एउटा पनि काम गर्न सकेन,’ उनले भने, ‘हामीलाई प्रतिगामी भनेर खाेक्राे आराेप लगाउने देउवा सरकार विकासकाे बाधक बनेकाे छ। कमिसनखाेर र आसेपासेकाे सेवक भएको छ।’

उनले जुम्लाकाे शिक्षा, स्वास्थ्यलाई अब्बल बनाउन आफ्नाे उम्मेदवारी भएकाे बताए। भूमि अनुकूलको उत्पादन बढाउने प्राविधिक विकास गर्ने विश्वास एमालेले मात्रै दिलाउन सक्ने हुँदा जनतालाई आफूलाई जिताउने उनकाे दाबी छ।

‘हामी सिद्धान्तले कम्युनिस्ट हाैँ। विगतका दिनमा एमाले सरकारमा हुँदा लाेक कल्याणकारी कदम चालेकाे थियाे,’ उनले भने, ‘त्यसकाे निरन्तरता दिन, थप कम्युनिस्ट कार्यक्रम ल्याउन र बाेलीलाई व्यवहारमा उतार्न प्रतिबद्ध पार्टीलाई जनताले जिताएरै छाड्छन्।’

प्रकाशित मिति: : 2022-11-11 08:40:00

प्रतिकृया दिनुहोस्