मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो: रेखा थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन्। 

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन्।

पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् 'मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन। यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो। यो पटक देशभर युवाहरू परिवर्तनको लागि बिद्रोह गरिरहेका छन्।'

उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन्। उनले भनिन् 'पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन। यस्तो राजनीति कहिलेसम्म गर्ने रु यो पटक युवा जागेका छन्। युवालाई निराश नबनाई दिनुहोस्।'

थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरि पनि देशको अवस्था उस्तै रहने बताएकी छन्। ुआज पनि हाम्रो देशलाई सतीले सरापेको देश भन्छन्, यस्तो नहोस् कि अब युवाले सरापेको देश बनोस।

उनले साँच्चै नेपाली जनताले विकास चाहने हो भने जुनसुकै पार्टी भएपनी नयाँ अनुहार र युवा जोसलाई नीति बनाउने स्थानमा पुर्‍याउनुको विकल्प नरहेको बताएकी छन्।

आफ्नो पार्टीका नेतृत्वलाई सुधार्न भएपनी जनता परिवर्तनको पक्षमा उभिने विश्व व्यक्त गरेकी छन्।

प्रकाशित मिति: : 2022-11-10 18:03:00

प्रतिकृया दिनुहोस्