रमाइलोदेखि त्राससम्म एक चिट्ठा विजेताको अनुभव

बिबिसी

मेरिल सेबास्टियन

दक्षिण भारतीय राज्य केरलाका अनुप बीले यस्तो परिस्थिति सामना गरेको यो पहिलो पटक भने होइन।

दुई महिनाअघि सरकारी चिट्ठा परेपछि आफ्नो जीवनमा अकल्पनीय परिवर्तन भएको बताउँछन् ३२ वर्षीय अनुप।

"पहिले राम्रो सम्बन्ध भएका धेरै मानिसहरू अहिले हामीसँग बोल्न छोडेका छन्," उनी भन्छन्।

उनले गत सेप्टेम्बरको सुरुवातमा २५ करोड भारु अर्थात् करिब ४० करोड नेपाली रुपैयाँको चिट्ठा जितेका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा प्राप्त गरेपछि अनुप राष्ट्रिय समाचारहरूको शीर्षक बने।

प्रकाशित मिति: : 2022-11-06 17:30:00

प्रतिकृया दिनुहोस्