जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे रामराजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचारप्रसारबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ।
निर्वाचन आयाेगले एमालेबाट दाङकी उम्मेदवार काेमल ओलीलाई पनि स्पष्टिकरण साेधेकाे छ। उनले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीकाे प्रचार गरेकाे आराेप छ।