अब क्रिकेट मैदानमा हैन, केन्द्रीय कारागारमा भेटिन्छन् सन्दीप !

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने अब क्रिकेट मैदानमा हैन, सुन्धारास्थित केन्द्रीय कारागारमा भेटिने भएका छन् ।

एक किशोरीमाथि बलात्कारको अभियोगमा उनी पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाइदिएपछि यो पछिल्लो दु:खद परिस्थिति सिर्जना भएको हो । 

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले यस्तो आदेश सुनाएका हुन् ।

पैसाले वकील किन्न सकिएला तर न्याय किन्न सकिन्न । यदाकदा त्यस्तो पनि होला तर सधैं त्यस्तो हुँदैन । कसैलाई पीर पनि परेको होला तर के गर्ने ? जस्तो कर्म, उस्तै फल । अन्तत: सन्दीप पिचमा हैन खोरमा पुगे !
कामना गरौं, उनी यस्तो अन्तिम 'हर्कते-स्टार' बनुन् ।

सन्दीपले ठूला वकिलहरूको जोहो गरेर उनीहरूमार्फत् उनीविरूद्ध बलात्कारको आरोप लगाउनने किशारी नावालिग भएको तर्क गराएका थिए । तर, सरकारी वकीलहरूले प्रश्न उमेरको नभएर बलात्कारको भएकोेले पुर्पर्क्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । त्यही जिकिरको आधारमा न्यायाधीश घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएका थिए । 

यो निर्णयसँगै स्टारडमका आधारमा किशारीहरूमाथि बक्रदृष्टि लगाउनेविरूद्ध मन बनाएका नेपालीहरू खुशी भएका छन् भने फ्यान कल्चरमा लिप्त सन्दीपका फ्यानहरूमा भने ठूलो ब्रजपात परेको छ । अझ, 'सौता-सिन्ड्रोम'बाट ग्रस्त भएर उल्टै 'के खोज्नलाई राति राती होटल जानुपर्यो' भन्ने भन्ने महिला फ्यानलाई त ऐठन नै भएको हुनुपर्छ ।

तर, जे भए पनि ढिलोचाँडो उनीहरू पनि होशमा नआइ हुदैन भन्ने पाठ यो निर्णयले पढाउने नै छ । समयको यो पाठ नछिचोली अगाडि बढ्न सकिन्न । 

उता, सन्दीपको भने क्रिकेट करिअरमा कम्तीमा पनि अल्पविराम लागेको छ । र, उनीमाथिको आरोपको संगीन प्रकृतिलाई हेर्दा अब उनको क्रिकेट जीवन लगभग सकिएको भन्दा पनि हुन्छ । एउटा सम्भावना बोकेको उदाउँदो क्रिकेटरको करिअर यसरी सकिनु दु:खद कुरा हो । तर, यसमा अरू कसैको दोष छैन, छ भने लगभग उनको मात्रै छ । 

कामना गरौं, यस्तो हर्कत गरेर दु:खद परिस्थिति भोग्ने उनी पहिलो र अन्तिम नेपाली क्रिकेटर बनुन् । अरू क्रिकेटरहरूले यसबाट पाठ सिकुन् । 

 

प्रकाशित मिति: : 2022-11-04 15:14:00

प्रतिकृया दिनुहोस्