बिएल संवाददाता
बुधबार सेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ।
मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ।
बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ। २९ हजार ४७ पटकको सेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो । जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ।बजार बढे पनि १३ वटा उपसमूमध्ये तीनवटा उपसमूहका सूचक राताम्मे भएका छन्। १० वटा उपसमूहका सूचक हरियाली देखिएका छन्।
बुधबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलोपमेन्ट बैंक र कर्णाली डेभलोपमेन्ट बैंक छन्। उक्त कम्पनीको सेयर मूल्य क्रमशः २३ रुपैयाँ र १८ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता २८८ रुपैयाँ र २४० रुपैयाँ कायम भएको छ।आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त र माहुली लघुवित्त रहेका छन्। उक्त कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।
शिवम् सिमेन्टको सर्वाधिक एक लाख १३ हजार ७२० कित्ता सेयर कारोबार हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६८५ रुपैयाँ कायम भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया