राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशले दोलखामा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।
रास्वपाले पार्टीका उम्मेदवार तथा नेता/कार्यकर्ताकाे सहभागितामा शनिबार दिउँसो प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।
प्रशिक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्ष तर्फका उम्मेदवार जगदीश खरेल र समानुपातिक तर्फबाट उम्मेदवार नन्दलाल दाहाल र देवीमाया जिरेलको उपस्थिति रहेको थियाे।
कार्यक्रममा प्रशिक्षक बागमती प्रदेश सभापति दीपक विश्वकर्मा तथा बागमती प्रदेश प्रवक्ता उत्सव अर्यालले चुनाव लक्षित प्रशिक्षण दिनुका साथै नेता र उम्मेदवारसँग अन्तरक्रिया र शुभकामना आदानप्रदान गरिएकाे थियाे।
कार्यक्रममा बागमती प्रदेश समितिका प्रचारप्रसार विभाग प्रमुख रविन पाण्डे, बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक भरत गुरुङलगायत जिल्ला समिति, पालिका समिति तथा वडा समितिका नेता तथा सदस्यहरुको उपस्तिथि रहेको थियो।
प्रतिनिधिसभा उम्मेदवार खरेल, दाहाल र जिरेलले आफ्ना मतदाताहरूसँग अन्तरक्रिया गरेका थिए। साथै प्रवक्ता अर्याल र सभापति विश्वकर्माले उपस्थिति नेतालाई मत परिवर्तनकाे लागि जनतामा जान आह्वान गरे।