संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमान पल पेलाेसीमाथि सांघातिक आक्रमण भएको छ।
शुक्रबार बिहानै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेर आक्रमण गरेकाे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।
८२ वर्षीय पलमाथि हथाैडा प्रयाेग गरेर आक्रमण गरिएकाे प्रहरीले जनाएकाे छ। उनकाे टाउकाे र दाहिने हातमा गम्भीर चाेट लागेकाे छ। अहिले उनलाई उपचारकाे लागि अस्पताल लगिएकाे छ।
पलको सफल शल्यक्रिया गरिएको र उनी खतरामुक्त भएको जनाइएको छ ।
आक्रमणमा सामेल ४२ वर्षीय डेभिड डिपेपलाई पक्राउ गरिएको छ । डिपेप एक दक्षिणपन्थी नश्लवादी अभियन्ता रहेको बताइएको छ। उनी नाङ्गिएर विरोध जनाउने अभियानमा संलग्न रहेको उनको प्रोफाइलमा भेटिएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
आक्रमणकारी डिपेपले स्पीकर न्यान्सीलाई खोजिरहेको थियो । उसले न्यान्सी कहाँ छ ? भन्दै पटकपटक चिच्याएर सोधेको थियो ।
डिपेपले सभामुख न्यान्सी घर नआउन्जेल पललाई बाँध्ने प्रयास गरेको थियो । उसले प्रहरीलाई आफू न्यान्सीको पेलोसीमा पर्खाइमा रहेको बताएको थियो ।
यो आक्रमणलाई लिएर अमेरिकामा रोष प्रकट गरिएको छ । रोष प्रकट गर्नेमा सभामुख पेलोसीको डेमोक्रेटिक पार्टीमा अतिरिक्त रिपब्लिकन पार्टीका नेताहरू पनि रहेका छन् । उनीहरूले राजनीतिक पार्टीका नेता तथा परिवारको सुरक्षा चुनौति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।