निर्वाचन आयुक्त ‘ठिस्’ रहिछ रक्सी खान नपुग्ने पैसाले चुनाव लड्न भन्याे : मनाङे

फाइल तस्विर
फाइल तस्विर

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले निर्वाचन आयाेगले चुनावकाे लागि ताेकेकाे खर्चकाे सीमा उचित नभएकाे टिप्पणी गरेका छन्। मनाङेले बिहीबार राति एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा साे कुरा बताएका हुन्।

निर्वाचन आयाेगले तय गरेकाे निर्वाचन खर्चप्रति व्यङ्ग्य गर्दै मन्त्री मनाङेले भने,‘आयाेगले चुनाव खर्च ३० लाख ताेकेकाे छ। त्यति पैसाले पुग्छ त ? त्याे निर्वाचन आयाेग जस्ताे ‘ठिस’ मान्छे त मैले कहीँ देखेकाे छैन। याे के कुरा गरेकाे त्याे ३० लाख रे, मनाङमा त एकदिन नामिनेसन दर्ता गर्न जाँदा १५ लाखकाे त रक्सी खादिन्छ।’

‘अनि के हामी पागल हाे ? साेसियल वर्क भन्दै रक्सी खुवाउँदै हिँड्न ? बरू निर्वाचन आयाेगकाे बुद्धि छ भने चुनावमा रक्सी ब्याण्ड (बन्द) गर्नुपर्छ। त्यस्ताे कुरामा जाने हाे के भनेकाे। ३० लाख, ३० लाखमा वडा अध्यक्ष भइदैन भने अहिले सांसद बन्न सक्छ ? प्राक्टिकल कुरामा जानुपर्छ, जाेक गरेर त हुँदैन नि,’ उनले थपे।

मनाङे मनाङ प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2022-10-28 15:26:00

प्रतिकृया दिनुहोस्