कांग्रेसले घोषणापत्र आज सार्वजनिक नगर्ने

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र पूर्व निर्धारित समयमा सार्वजनिक नगर्ने भएको छ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले कात्तिक ७ गते बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो। तर‚ घोषणा कार्यक्रम अनिश्चित कालका लागि स्थगन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएकाे छ।

कार्यालय स्राेतकाअनुसार घाेयषणापत्रमा देखिएका त्रृटि र उत्पन्न विवाद समाधानका लागि निर्धारित कार्यक्रम स्थगित गरिएकाे हाे।

प्रकाशित मिति: : 2022-10-24 09:29:00

प्रतिकृया दिनुहोस्