बढ्याे तिहारकाे चहलपहल, भरिभराउ भए बजार (भिडियाेसहित)

नेपालीको मुख्य चाडमध्ये एक हो, शुभ दिपावली अर्थात् तिहार।

यस वर्षकाे तिहार सुरू भएसँगै गाउँ–सहरमा रमझम बढेको छ। सबैका घर तथा पसलहरुमा झिलीमिली बत्ती र रङ्गीचङ्गी फूलहरले सजिएका छन्। तिहारको रमझममा मानिसहरू व्यस्त देखिएका छन्। यससँगै बजारमा तिहारका सामग्री किनबेच गर्नेहरूको चहपल बढेको छ।

बजारमा मानिसको घुइँचो बढेसँगै व्यापारीहरू पनि उत्तिकै उत्साहित बनेका छन्। तिहारमा आवश्यक पर्ने सामानहरु किन्न काठमाडौँका मुख्य बजारहरूमा निकै चहलपहल बढेको छ।

काठमाडौँको व्यापारिक केन्द्र मानिने असन क्षेत्रमा पनि तिहारका सामग्री किन्नेको भीड बढेको छ। लक्ष्मीपूजादेखि भाइटीकासम्म चाहिने साम्रागी अन्य ठाउँको तुलनामा सस्तो हुने भएकाले भीडभाड बढेको हो।

प्रकाशित मिति: : 2022-10-23 17:37:00

प्रतिकृया दिनुहोस्