एमालेले २५ वर्षमा गर्न नसकेको काम हामीले पाँच वर्षमा गरेर देखाउँछौं : श्याम घिमिरे (भिडियोसहित)

सुदिप बराल

काठमाडाैं

नेपाली (काँग्रेस) को तर्फबाट सिन्धुली क्षेत्र नंं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्यामकुमार घिमिरेले नेकपा (एमाले)ले २५ वर्षमा गर्न नसकेको काम आफूहरूले पाँच वर्षमा गरेर देखाउने बताएका छन्।

शनिबार बिएल नेपाली सेवासँग कुरा गर्दै उनले एमालेले २५ वर्षमा यो क्षेत्रमा केही गर्न नसकेकाले आफूहरुले जिते पाँच वर्षमा धेरै काम गरेर देखाउने बताए।

उनले शिक्षा, स्वास्थ्य, नीति निर्माण, पूर्वाधार, खानेपानी, सिचाइँलगायतका क्षेत्रमा आफ्नो धेरै योजनाहरु रहेको पनि बताए। ‘सिन्धुली जिल्ला राजधानीको नजिक भएर पनि धेरै कुरामा पछाडि परेको छ। यसको विकासका लागि २ नम्बर क्षेत्रमा राजन दाहाल उठनुभएको छ, १ नम्बरमा म छु। हामी दुबै आफ्नो पार्टीभित्र प्रभावशाली भूमिका राख्ने मान्छे हौं, हामी सबै समस्या समाधान गर्नमा सक्षम छौं,’ उनले भने।

भिडियाे:

प्रकाशित मिति: : 2022-10-22 22:00:00

प्रतिकृया दिनुहोस्