श्रीमतीकाे हात समाएर भाेट माग्दै शेरधन, ‘डेटिङ’भन्दा कम छैन चुनावी अभियान (तस्बिरहरू)

चुनावी अभियानमा शेरधान राई। तस्बिर: ताङ्मु शेर्पा राईकाे इन्स्टाग्रामबाट।

नेकपा (एमाले)का नेता एवम् प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि भाेजपुरबाट प्रतिस्पर्धा गर्दै छन्।

साे क्रममा उनी अहिले चुनवी अभियान लिएर मतदाताकाे घरदैलाेमा पुगेका छन्।

उनकाे घरदैलाे अभियानमा अन्य नेता/कार्यकर्तासँग उनकी श्रीमती जुङ्मु शेर्पा राई पनि सक्रिय छिन्।

शेर्पा श्रीमान राईसँग हातमा हात मिलाएर मतदातासँग भाेट मागिरहेकी छिन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा उनी अन्य नेताहरूभन्दा अग्रपंतिमा रहेर भाेट मागिरहेकी छिन्।

‘निर्वाचन आचारसंहिताको पालना गर्दै हामी चुनावी घरदैलोमा,’ जाङ्मुले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै भनेकी छिन्,‘जनताको भविष्यको फैसला गर्ने चुनाव भएको हुनाले सचेत रही आफ्नो अमूल्य मत सही ठाउँमा प्रयोग गरिदिनहुन हार्दिक अपील गर्दछु।’

प्रकाशित मिति: : 2022-10-22 12:20:00

प्रतिकृया दिनुहोस्