सुधा अत्रि
भोको पेटमा
पूर्णिमाको जून उदाउन
आफ्नो इज्जतलाई झुकाएर
आशातित
एक जोडा आँखाले
हजुरप्रति एक नजर लगाएपछि
चुपचाप झुकिरहन्छ
विवश भिखारी ।
कठै!
स्वाभिमानलाई बिर्सिएर
प्रतिष्ठालाई खुजुरासँग
सस्तो सौदा गर्नुपर्दा
फैलिरहेका आफ्ना हाततिर
हजुरको हात लम्किरहँदा
मनमा थोरै किरण छाउँछ ।
सानु नोट होस् तर
नोट आउँदा मन
प्रफुल्ल हुन्छ
विवश भिखारी ।
तर!
उनीहरू
पुस्तादेखि
भिख माग्ने
दिव्याङ्ग हैनन्
निष्क्रिय पनि छैनन्
मेहनती किशानहरू
इच्छा, चहाना र सपनाले
सजिएको स्वर्ग तुल्य
आफ्नो गाउँ घरहरू
आफ्नै आँखा समक्ष
खरानीको रास भएपछि
युद्ध पीडित मानिसहरू
कतिपय शरणार्थी शिवरमा
युवाहरू जङ्गलमा
कोही सहर सहरमा
काम खोज्दै दिनौं भौंतारी रहे
युद्ध पीडित मानिसहरू ।
परिस्थितिले चुटेको
हालातले लत्याएको
म्यान्मा सगाईंङका
अनेक गाउँलेहरू
पग–पगमा दुःख पाएपछि
प्रतिष्ठाको लगानीले
इजतको घाटा खाएर
इमान्दारी पूर्वक
हजुरसमक्ष
आशातित
एक जोडा आँखाले
हजुरप्रति एक नजर लगाएपछि
चुपचाप झुकिरहन्छ
विवश भिखारी ।
यो उनीहरूको नियती हैन
नीति हैन
अत्याचारी सेनाकै
महत्वकांक्षाले जन्माएको
महस एक
विवश भिखारी ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया