सुधा अत्रि
भोको पेटमा
पूर्णिमाको जून उदाउन
आफ्नो इज्जतलाई झुकाएर
आशातित
एक जोडा आँखाले
हजुरप्रति एक नजर लगाएपछि
चुपचाप झुकिरहन्छ
विवश भिखारी ।
कठै!
स्वाभिमानलाई बिर्सिएर
प्रतिष्ठालाई खुजुरासँग
सस्तो सौदा गर्नुपर्दा
फैलिरहेका आफ्ना हाततिर
हजुरको हात लम्किरहँदा
मनमा थोरै किरण छाउँछ ।
सानु नोट होस् तर
नोट आउँदा मन
प्रफुल्ल हुन्छ
विवश भिखारी ।
तर!
उनीहरू
पुस्तादेखि
भिख माग्ने
दिव्याङ्ग हैनन्
निष्क्रिय पनि छैनन्
मेहनती किशानहरू
इच्छा, चहाना र सपनाले
सजिएको स्वर्ग तुल्य
आफ्नो गाउँ घरहरू
आफ्नै आँखा समक्ष
खरानीको रास भएपछि
युद्ध पीडित मानिसहरू
कतिपय शरणार्थी शिवरमा
युवाहरू जङ्गलमा
कोही सहर सहरमा
काम खोज्दै दिनौं भौंतारी रहे
युद्ध पीडित मानिसहरू ।
परिस्थितिले चुटेको
हालातले लत्याएको
म्यान्मा सगाईंङका
अनेक गाउँलेहरू
पग–पगमा दुःख पाएपछि
प्रतिष्ठाको लगानीले
इजतको घाटा खाएर
इमान्दारी पूर्वक
हजुरसमक्ष
आशातित
एक जोडा आँखाले
हजुरप्रति एक नजर लगाएपछि
चुपचाप झुकिरहन्छ
विवश भिखारी ।
यो उनीहरूको नियती हैन
नीति हैन
अत्याचारी सेनाकै
महत्वकांक्षाले जन्माएको
महस एक
विवश भिखारी ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया