रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा पुगिन् रेखा

मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य राप्रपा तर्फको उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन्।

थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत माग्दै घरदैलो कार्यक्रम सम्पन्न गरिन्। 

बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी थिइन्। दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनी रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगिन्। 

त्यसैगरी रेखाले बेलबारी वडा नं ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत मागेकी छन्। 

घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ। उनको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरू देखिने गर्छ। 

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन्। उनले जनताको गुनासो सुन्ने र त्यसको सम्बोधन गर्ने तर्फ जोड दिने गरेकी छन्।
 

प्रकाशित मिति: : 2022-10-16 20:40:00

प्रतिकृया दिनुहोस्