मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका प्रतिनिधि सभाका साझ उम्मेदवार डा.सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन्।
मोरङ क्षेत्रनम्बर ३ (ख) का उम्मेदवार लक्ष्मिकुमार श्रेष्ठसहितका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए। गठवन्धनले क्षेत्र नम्बर ३ मा सुन्दर हरैंचा नगरपालिका– १० मा घरदैलो अभियान सुरु गरेका हुन्।
गठबन्धन आवद्ध सबै दलका नेताहरु घरदैलो अभियानमा सहभागि भएका थिए। बिहीबार मात्र गठबन्धनमा आवद्ध दलहरुले संयुत्त विज्ञप्ति जारी गर्दा मोरङ क्षेत्रनम्बर ३ मा गठवन्धन अवाद्ध उम्मेदवार विजय गराउन अपिल गरेका थिए।
भियानको क्रममा प्रतिनिधि सभाका उम्मेदवार शर्माले गठबन्धन उम्मेदवारहरुलाई भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिता पुर्वको क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता जनाएका थिए। घरदैलो कार्यक्रममा उम्मेदवारहरुले यस क्षेत्रको विकास, शिक्षको सुधार, स्वास्थ्यदेखि पूर्वाधार विकासका विषयमा आफूहरुसँग प्रष्ट खाका रहेको र यिनै योजना कार्यन्वयन गर्न पनि आफुहरुलाई भोट दिन जनतासँग आग्रह गरेका थिए।