एमालेले निकाल्याे बागी उम्मेदवारी दिने पाँच नेता

File photo
File photo

सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट निष्काशन गरेको छ। 

पार्टीबाट निष्काशन हुनेहरूमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल, खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउद रहेका छन्। 

एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकका अनुसार सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क) साउदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए।

प्रकाशित मिति: : 2022-10-14 13:18:00

प्रतिकृया दिनुहोस्