बिएल संवाददाता
हामीले राम्रो देखिनका लागि अनुहारमा मेकअप गर्ने गर्छाैँ। मेकअप गर्नाले पनि केही हतसम्म आकर्षक बनाउँछ, तर जथाभावी मेकअप सामाग्रीहरुकाे प्रयाेग गर्दा छालामा विभिन्न प्रकारका समस्याहरु आउँन सक्छन्। त्यसैले आज हामी चर्चा गर्नेछाैँ, अनुहार सफा राख्न गर्नुपर्ने उपायहरुबारे–
हामीले अनुहारलाई सफा राख्न नियमित शारीरिक व्यायाम गर्न अत्यावश्यक छ। नियमित व्यायामले शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ।
हामीले खाने खाना कति स्वस्थकर छ, खानपानमा पनि पर्याप्त ध्यान दिनुपर्छ र समयमा खानुपर्छ। पानी पर्याप्त पिउनाले पनि छालालाई सफा बनाउने गर्दछ।
सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणहरूले हाम्रो छालामा प्रत्यक्ष असर गर्छ। त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि 'शन्सक्रिन' लगाउनुपर्छ। शन्सक्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ। शन्सक्रिन भने बाहिर निस्कनु भन्दा १५ मिनेट अघि लगाउन पर्दछ।
राति अबेर बस्ने, बिहान ढिलोसम्म सुत्ने गर्दा पनि छालामा समस्या आउँछ। छालामा मात्रै नभएर, यसले अन्य रोगहरू निम्त्याउनसमेत भूमिका खेलिरहेको हुन्छ। त्यसैले कम्तीमा सातदेखि १० घन्टा सुत्नुपर्छ।
मानसिक रूपमा सन्तुष्ट हुनुपर्छ। आफूसँग सन्तृष्ट हुन सकियाे भने अनुहारमा स्वतः चमक आउँछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया