नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभामा देशभर २३ सिट पाएको छ। कोइराला समूहले ४० प्रतिशित माग गर्दै आएको थियो।
२८ निर्वाचन क्षेत्र रहेको प्रदेशमा गठबन्धनबाट कांग्रेसको भागमा १९ क्षेत्र परेको छ। तर, इतर समूहको नेतृत्व गरिरहेका नेता शेखर कोइराला समूहले भने प्रदेश-१ मा सम्मानजनक सिट पाउन सकेनन्। १९ मध्ये कोइराला समूह ४ सिटमा खुम्चिएको छ।
शेखर कोइरालको गृह जिल्ला मोरङमा तीन र सोलुखुम्बुमा एक सिट पाएको छ। माओवादीले दावी गर्दै आएको सोलुखुम्बुमा माओवादीले छाडेपछि कांग्रेसको कोइराला समूहको भागमा परेको छ।
१४ जिल्लामा दुई जिल्लामा मात्रै प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी पाएको कोइराला समूहले १४औँ महाधिवेशनका महामन्त्री उम्मेदवार डा. मिनेन्द्र रिजाललाई टिकट दिलाउन सकेनन्। २०७४ को निर्वाचनमा ६ क्षेत्र रहेको मोरङमा कांग्रेसबाट चुनाव जित्ने रिजाल एका मात्र नेता थिए।
मोरङ क्षेत्र नम्बर–६ बाट शेखर कोइराला आफैँले उम्मेदवारी दर्ता गरेका छन्। मोरङ १ मा डिकबहादुर लिम्बु, ३ मा डा. सुनिल शर्मा र सोलुखुम्बुमा बलबहादुर केसीले टिकट पाए। अन्तिम समयमा माओवादीले टिकट छाडेपछि शेखर समूहबाट केसीले टिकट पाएका हुन्।
प्रदेश १ मा देउवा समूहले १३ सिट पाउँदा कृष्ण सिटौला समूहले दुई सिट पाएका छ।