काठमाडौं क्षेत्र नम्बर–३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
उनले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
चार दशकभन्दा बढी समयदेखि समाज सेवा र शिक्षण पेशामा आवद्ध उनी देशको मुहार फेर्न राजनीतिमा आउन लागेको बताउँछन्।
स्वतन्त्र उम्मेदवार उठेका उनी निर्वाचित भए तलब भत्तासमेत नलिने बताउँछन्। 'यो पटकको चुनावमा विजयी भए सरकारले दिने तलबभत्ता असहाय, एकल महिला र दृष्टिविहिन मानिसहरुलाई आवश्यकताअनुसार उपलब्ध गराउने छु।'
अहिले नेपालमा समस्याको जड भ्रष्टाचार भएको बताउँदै उनले भने, 'देशमा सुशासन, राष्ट्रियता र देश कसरी बनाउनुपर्छ भन्ने कुराको उदाहरण दिनका लागि मैले उम्मेदवारी दिएको हुँ।'