सल्यानमा कांग्रेसको विद्रोह: पूर्वराज्यमन्त्रीद्वारा स्वतन्त्र उम्मेदवारी

सत्ता गठबन्धनमा सल्यानमा नेपाली कांग्रेसले विद्रोह गरेको छ।

पूर्वशिक्षा राज्यमन्त्री तथा कांग्रेस नेता राजेन्द्र बहादुर शाहले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उनको टिमबाट प्रदेश सभा (क) मा कांग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सल्यानमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेशसभा (क) मा माओवादीका भिम प्रकाश शर्मा र प्रदेशसभा (ख) मा कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2022-10-09 15:27:00

प्रतिकृया दिनुहोस्