नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका काठमाडौँका तीन वटै निर्वाचन क्षेत्रमा महिलालाई उठाएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीले काठमाडौँ–२, ७ र ९ मा महिला नेतृहरुलाई टिकट दिएको हो।
माओवादीले पूर्वसभामुख ओनसरी घर्तीलाई काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ।
यसअघि उनी राेल्पा–२ बाट निर्वाचन जितेर सभामुख बनेकी थिइन्।
काठमाडौँ–२ बाट अघिल्लाेपटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित भएका थिए। तर, गठबन्धनको सहमतिअनुसार यसपटक यो निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको हो।